टोरोन्टो । क्यानडाको इतिहासकै सबैभन्दा ठुलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै, क्यानडा प्रहरीले थप ३ जनालाई पनि वारेन्ट जारी गरेको छ ।
प्रहरीका अनुसार गत वर्ष क्यानडाको टोरन्टो विमानस्थलमा २२।५ मिलियन डलर बराबरको सुन र नगद लुटिएको थियो । यो क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती थियो।
गत वर्ष अप्रिल १७ मा सुनको डन्डी र २२ करोड क्यानेडियन डलरभन्दा बढीको विदेशी मुद्रा बोकेको एयर कार्गो कन्टेनर नक्कली कागजात प्रयोग गरेर चोरी भएको प्रहरीले जनाएको थियो । स्विजरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमार्फत सो सुन र मुद्रा ल्याइएको हो ।
प्रहरीका अनुसार यस डकैतीमा एयर क्यानडाका दुई पूर्व कर्मचारीको नाम पनि बाहिर आएको छ । उनीहरु मध्ये एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । दोस्रो व्यक्तिलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। यसै क्रममा प्रहरीले बुधबार धेरैलाई पक्राउ गरी यसबारे खुलासा गरेको थियो ।
आरोपितहरूको नाम परम पाल सिद्ध ९५४० र अमित जलोटा ९४००, अम्माद चौधरी ९४३०, अलि रजा ९३७० र प्रसाद परमालिंगम ९३५० रहेका छन् । जसमध्ये परम पाल र अमित जलोटा भारतीय मूलका हुन् । चोरीका बेला सिद्ध एयर क्यानडामा काम गरिरहेका थिए ।
Discussion about this post