खाँदवारी । सङ्खुवासभाको तुम्लिङटारमा रहेको नब दृष्टि आँखा अस्पतालले सन साइन इङ्लिस बोर्डिङ स्कुलमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
खाँदवारी नगरपालिका वडा नं ७ रहेको सन साइन इङ्लिस बोर्डिङ स्कुलसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरिएको हो ।
स्कुल अध्ययन गर्दै गरेका विद्यार्थीहरूको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
आँखा शिविरमा ३८५ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा दृष्टि दोष , मांसपेशीको समस्या एलर्जी देखिएका ३० जना बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल,आँखा उपचार केन्द्र, तुम्लिङटार रिफर गरिएको थियो । शिविरमा ८ जना शिक्षक शिक्षिकाहरूको पनि आँखा जाँच गरिएको थियो ।
पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् । आँखामा देखिने यस्ता विभिन्न रोगीहरूले विद्यार्थीको व्यक्तिगत विकासमा असर गर्नुका साथै समयमा नै उपचार गर्न नसके यसले भविष्यमा जटिल समस्या निम्त्याउन सक्ने अस्पतालले जनाएको छ ।
आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नव दृष्टिले पूर्वी पहाडी जिल्लाहरू, सङ्खुवासभा, भोजपुर, धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दै आएको जनाएको छ ।
परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुर देष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै बिद्यार्थीहरुमा देखिएका यस्ता रोगहरुहरुले भविष्यमा जटिल समस्या समेत निम्त्याउन सक्ने भएकाले बेलैमा सचेत भएर उपचार गराउनुपर्ने दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
Discussion about this post