इटहरी : इटहरी जेसीजले विभिन्न कार्यक्रमहरू गरेर जेसीज सप्ताह मनाएको छ ।
जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो ।
सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए ।
कार्यक्रमको समापन दुर्गा पार्टी प्यालेस इटहरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा भएको समेत उनले बताए ।
समापन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र सेन भुले स्वर दुलाल वक्ताका रूपमा रहेका थिए ।
समापन कार्यक्रममा उत्कृष्ट युवा व्यवसायी सम्मानबाट इटहरीका व्यवसायी राजकुमार खत्रीलाई सम्मान गरिएको समेत अध्यक्ष सुवेदीले बताए ।
Discussion about this post