काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको बताएका छन् । तर यसबर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी पनि गराएन ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराएका हुन् ।
त्यस्तै उनले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडदारमा एकरूपता कायम गर्ने पनि बताए । उनले हवाई टिकट मूल्यमा एकरूपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।
उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजम लगायतका कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश गरिएको बताए । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको उनले बताए ।
Discussion about this post