काठमाडौँ : इटहरीबाट सुरु भएको CoDeal कस्मेटिक सामान बिक्रेताका लागि भरपर्दो प्लेटफर्म बन्दै गएको छ । CoDeal एउटा डिजिटल प्लेटफर्म हो ।
यहाँ CoSeller (बिक्रेता) रूपमा रजिस्ट्र्रर गरेर कस्मेटिक समानहरू अर्डर गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक खगेन्द्र बिमलीले बताए । लुक मि ब्रान्डका सबै समानहरूको खुद्रा बिक्रेता बन्न सकिने र जसबाट आकर्षक कमिसन तथा बोनस पाउने कम्पनीले जनाएको छ ।
यहाँ सूचित कुनै पनि कम्पनीको समान आफूले चिने जानेको वा आफन्त वा कसैको लागि समान अर्डर गर्दा आफूलाई कोडिल ले १५ देखि २० प्रतिशत सम्म कमिसन दिने गर्दछ ।
यसमा निःशुल्क रजिष्टर गर्न सकिन्छ । रजिष्टर गरिसकेपछि यहाँ लिस्टिङ भएका समानहरू अनलाइन वा अफलाइनमा प्रवर्द्धन गर्न सकिनेछ ।
विशेषगरी गृहिणी महिला, विद्यार्थी, वा परीक्षा दिएर बसेकाहरूको लागि यो प्लेटफर्म उपयोगी बन्न सक्दछ । यसमा दैनिक १,५०० माथि सम्म कमाउन सकिने कम्पनीले जनाएको छ ।
यसलाई डाउनलोड गर्न यो लिङ्कमा जानुहोस् ।
यसलाई लुक मी कस्मेटिक प्रा. ली. ले प्रवर्द्धन गरेको छ भने यसलाई इटहरीमा रहेको आइटी कम्पनी kafals ले तयार पारेको हो ।
नेपालमा पनि होम बेस्ड जब्स को बढ्दो आकर्षणलाई ध्यानमा राखेर तयार यो एप तयार पारिएको काफल्सका सञ्चालक सन्तोष धमलाले बताए ।
Discussion about this post