विश्व पौडेललाई गभर्नर बनाउने कांग्रेस र एमालेको सहमति

मंगलबार, ०६ जेठ २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ । 

यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो । 

सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार