सुनसरीको देवानगंजमा भैसीले मकै खाएको विषयमा झगडा, तीन जना घाइते

शुक्रबार, ०९ जेठ २०८२
साङ्केतिक तस्बिर

सुनसरी : सुनसरी जिल्ला अन्तर्गत देवानगंज गाउँपालिका–७ स्थित यादव टोलमा जेठ ८ गते साँझ भैसीले मकै खाएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा तीन जना घाइते भएका छन्।

साँझ करिब ७ः३० बजे निर्मला यादवले पालेको भैसी छिमेकी दिपेन यादवको मकैबारीमा पसेर मकै खाएको घटनाले झगडाको रूप लिएको हो।

झगडामा निर्मला यादवको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ। त्यस्तै, कुन्दन यादवको टाउको र हातमा चोट लागेको र उनी पनि उपचाररत रहेको प्रहरीले जनाएको छ।

अर्का पक्षका दिपेन यादवको दायाँ हातमा सामान्य चोट लागेपछि उनलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार