इटहरी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इटहरी उपमहानगर कमिटीले इटहरी उपमहानगरपालिकाको १६औँ नगरसभा कार्य सञ्चालनप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
नगर कमिटी अध्यक्ष राजकुमार आचार्य र सचिव रामकुमार नेम्वाङ द्वारा हस्ताक्षरित विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाले दलीय भागबन्डाका आधारमा बजेट पारित गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
उनीहरूले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रक्रिया नियतवश अवरुद्ध गरिएको आरोप लगाएका छन्।
प्रतिक्रिया