निरौलाको नेतृत्वमा प्रताप मार्ग टोल विकास संस्था गठन

आइतबार, ०१ भदौ २०८२

 

विराटनगर। विराटनगर महानगरपालिका–३ स्थित प्रताप मार्गमा नयाँ टोल विकास संस्था गठन गरिएको छ । महेश निरौलाको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

वडा सदस्य सुरज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । नवगठित कार्यसमितिमा अध्यक्ष महेश निरौला, उपाध्यक्ष सुस्मिता भट्टराई, सचिव सरोज पौडेल, कोषाध्यक्ष सुस्मिता पौडेल रहेका छन् । त्यस्तै सदस्यहरूमा अनिल पोखरेल, तुलसा निरौला, अनिल कार्की, प्रकाश राई, शशी शर्मा, अविना केसी र नानुमाया भण्डारी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले अबको नयाँ नेतृत्वले प्रताप मार्गलाई नमुना टोलको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले टोलमा सरसफाइ, सडक बत्ती, हरियाली र सामाजिक सद्भावका कार्यक्रमलाई प्राथमिकतामा राख्दै ‘सेल्फी टोल’ को रुपमा चिनिने वातावरण बनाउन काम गर्ने बताए ।

स्थानीय बासिन्दाले नयाँ समितिबाट टोलमा थप विकास र एकताको वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार