सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन् ।
लहान नगरपालिका–१ मटियर्वामा घर भाडा लिएर बस्दै आएका २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मृत फेला परेका हुन् । अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ । रञ्जिताका श्रीमान प्रवीण चौधरी घरमा नभएको बेलामा घटना भएको हो ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया