इलामको कन्याममा मोटरसाइकल दुर्घटना हुदाँ चार जना घाइते

आइतबार, १२ असोज २०८२

इलाम : सूर्योदय नगरपालिका–६ कन्याममा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यद्यपि दुर्घटनाबारे थप विवरण भने प्राप्त भएको छैन ।

इलामको कन्याम क्षेत्रमा पर्यटकको आवागमन बढ्ने भएकाले सडक दुर्घटनाको जोखिम पनि उच्च रहने गरेको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार