भोजपुर । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
कार्तिक २५ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएको १ हजार ३ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले जानकारी दिएको छ।
प्रतिक्रिया