ऊर्जामन्त्री कुलमानले बुझाए सम्पत्ति विवरण

शुक्रबार, २८ कार्तिक २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन्।

सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन्।

सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार