इलाममा फुड फेस्टिबल हुने

मंगलबार, ०४ मंसिर २०८१
इलाम । इलाममा फुड फेस्टिबल हुने भएको छ । खानाका परिकारहरूको माध्यमबाट इलाममा पर्यटक भित्र्याउन सहयोग पुग्न अपेक्षा सहित फुड फेस्टिवल आयोजना गरिएको हो । होटेल व्यवसायी सङ्घ इलामको आयोजनामा आगामी ८ र ९ गते फेस्टिबल हुने भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम इलाम सदरमुकाममा हुने बताइएको छ । प्रदर्शनीमा रैथाने खानाका १६ स्टल रहने होटेल व्यवसायी सङ्घ इलामका महासचिव प्रकाश चापागाईँले बताए । उनका अनुसार फुड फेस्टिबल सिटी मार्टमा हुने जनाइएको छ । जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने जनाइएको छ । प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, नेवारी खाजा, मोही लगायत विभिन्न जातजातिका परिकार राखिने जनाइएको छ । साँझमा सांस्कृतिक कार्यक्रम समेत आयोजना बताइएको छ । प्रदर्शनीमा कोसी प्रदेशका १४ जिल्लाका आगन्तुक सहभागी हुने होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार