सुनिता राई
इलाम । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला आगामी मङ्सिर ९ देखि सुरु हुने भएको छ ।
माईजोगमाई गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समिति नयाँ बजारको ब्यावस्थापनमा बर्सेनि धार्मिक रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला सुरु भएको हो ।
मेलाकै अवसरमा स्थानीय शिवालय धाममा सत् बिउ पलबिँउ छर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ ।
गाउँपालिकामा आन्तरिक तथा वाह्यय पर्यटक भित्राउने लक्ष्य सहित मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले जानकारी दिए ।
गाउँपालिका भित्र निक्कै पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने उद्देश्य रहेको गाउँपालिका की उपाध्यक्ष प्रविना राईले जानकारी दिइन्।
मेला व्यवस्थापन समितिका संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाइलो मिनी मेला सञ्चालन गरिने छ ।
मेलाकै अवसरमा विभिन्न जातजातिका झाकी प्रदर्शन, सांस्कृतिक भेष भूषाको प्रदर्शन गरिने छ ।माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
यस्तै उत्तरे पोखरी , मलु पोखरी, साततले झरना , शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवी मन्दिर लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेको गाउँपालिका अध्यक्ष थेबेले बताए ।
यस्तै उक्त क्षेत्र पुगेका पर्यटकले चोयाटार पुगेर रेडपाण्डाको अवलोकन गर्न सक्ने छन् ।
विगतका बर्सहरूमा जौ बारीको कृषि अनुसन्धान केन्द्र लगायतका स्थान पर्यटकका लागि अवलोकन गर्ने गन्तव्य रहेको र सूर्योदय नगरपालिकाको फिक्कल र इलाम बजारबाट सहजै पुग्न सकिने नयाँ बजारमा लाग्ने उक्त मेलामा नेपाल तथा भारतका व्यापारीहरूको भीड लाग्ने गरेको मेला व्यवस्थापन समितिका सचिव महेश सापकोटाले बताए ।
अलैँची आलु जस्ता कृषि उत्पादनमा अब्बल रहेको गाउँपालिकामा धान झुल्ने देखि गुराँस फुल्ने क्षेत्र समेत रहेका छन् । २०११ सालमा बालागुरुले बजार बसाए पछि बर्सेनि बालाचर्तुदशीका दिन मेला लाग्दै आएको छ ।
प्रतिक्रिया