सुनसरीमा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु

मंगलबार, ०४ मंसिर २०८१
इटहरी : सुनसरीमा भारतीय गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार मंगलबार (आज) दिउँसो करिब १ः३० बजेतिर युपी १६ इके १९८९ नम्बरको भारतीय थार गाडीले प्रदेश १–०२००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा रामधुनी नगरपालिका–९ मर्चैयाकी अन्दाजी ३० वर्षीया सोनियाकुमारी चौधरीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक भारत विहार सीतामढी सोनबरजा बस्ने ३४ वर्षीय अनिरुद्र सुदी इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार