इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो भएको दुर्घटनामा परी इटहरी ५ तुलसा टोल बस्ने २४ वर्षीय निरज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लाइसेन्स भएको ठेगाना भने इटहरी २ को रहेको छ ।
इटहरी उपमहानगरपालिका २ आँपगाछीस्थित सडकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । इटहरी हलगडामा पी.एल.के. वर्कसप ग्यारेज सञ्चालन गर्दै आएका बजगाईँ हाल इटहरी ५ जनताबस्ति बस्दै आएका थिए ।
प्रतिक्रिया