सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

मंगलबार, १७ भदौ २०८२

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

आज सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला छापावाला सुनको मूल्य २ लाख ५ हजार ३ सय रहेको थियो । आज मूल्य वृद्धि भइ २ लाख ५ हजार ९ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य २ हजार ४ सय ७० रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ४ सय ८५ कायम भइ कारोबार भइरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार