डा. गोविन्द केसीले तोडे अनशन

मंगलबार, १७ भदौ २०८२

काठमाडौं– चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै तीन दिनअघि अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बसेका डा. केसीले स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो २ बजे कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

 यसअघि आमरण अनशन बस्दै आएका डा. केसीले गेटामा भने तीन दिनको अवधि तोकेरै २३ औँ अनशनको थालनी गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार