विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

बुधबार, २६ कार्तिक २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागी समाजवादी मोर्चाबाट अलग भएको छ ।

बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरू आवश्यक बनेका छन् र बढी पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ ।’

Photo (49)

उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको भन्दै नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।

उनले मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू गरेपनि जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव नबनेको समेत बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार