लागू औषध गाँजा सहित मानिस र सवारी नियन्त्रणमा

बुधबार, २६ कार्तिक २०८२

इटहरी : सुनसरीको धरानबाट प्रहरीले एघार केजी अवैध लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

धनकुटाबाट धरान तर्फ आउदै गरेको मोटरसाईकललाई धरान उपमहानगरपालिका वडा नम्बर २० कोकाहा खोला नजिक चेकजाँच गर्ने क्रममा कालो झोलामा प्याक गरिएको एघार केजी गाँजा सहित धनकुटाको सहिदभुमी गाउँपालिका वडा नम्वर १का सिद्धार्थ राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोकाहा खोला क्षेत्रमा लागु औषध ओसार पसार भईरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो । मंगलवार साँझको समयमा चेकजाँचका क्रममा गाँजा सहित प्रकाउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको समेत सुनसरी प्रहरीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार