सुदर्शन खड्का कोशी प्रदेशसभाको सचिवमा नियुक्त, सभामुखबाट गरे शपथ ग्रहण

बुधबार, २६ कार्तिक २०८२

विराटनगर । कोशी प्रदेशसभामा नयाँ सचिवको रूपमा सुदर्शन खड्काले शपथग्रहण गरेका छन् ।

बुधबार प्रदेशसभामुख अम्बरबहादुर विष्टबाट खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सभामुखको सिफारिसमा प्रदेश प्रमुखले खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेका थिए ।

गत माघ महिनादेखि सचिवको पद खाली रहेको थियो । तत्कालीन सचिव गोपाल पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेशसभा सचिवको पद लामो समयदेखि रिक्त रहेको थियो ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार