काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ।
नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ।
नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।
प्रतिक्रिया