झापा : दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा उद्धार गरिएका एक पुरुष मृत फेला परेका छन्।
सुनसरी, धरान घर बताउने करिब ६५ वर्षीय आनन्द राई यस वर्ष भदौ २९ गते दमक–५ बाट वेवारिसे अवस्थामा उद्धार गरी गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा राखिएको थियो।
इलाका प्रहरी कार्यालय दमकका अनुसार, सेवा केन्द्रमा राखिएका राई दिउँसो करिब ४ बजेतिर सुतेकै अवस्थामा मृत फेला परेका हुन्। प्रारम्भिक जानकारीअनुसार राईलाई मुटु, कलेजो (लिभर) र पित्त (जण्डिस) सम्बन्धी समस्या रहेको र केही समयअघि हर्नियाको अपरेसन गरिएको थियो।
प्रहरी निरीक्षकको नेतृत्वमा इप्रका दमकबाट खटिएको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाएको छ।
प्रतिक्रिया