झापा : इलाका प्रहरी कार्यालय झिलझिलेमाबाट म्याद थप गरी अनुसन्धानका लागि राखिएका दुई जना थुनुवा पुनः पक्राउ परेका छन् ।
‘जेन-जी आन्दोलन’का क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका उनीहरूलाई प्रहरीले साँझ घर–वतनबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा थुनामा रहेका झापा–शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दामा संलग्न ४० वर्षीय ननकिशोर शाह फरार सूचीमा थिए ।
फरार दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरूकै घरवरपर क्षेत्रबाट पक्राउ गरी पुनः हिरासतमा ल्याइएको जनाएको छ ।
झिलझिले हिरासतमा राखी अनुसन्धान भइरहेको अवस्थामा आन्दोलनको भिडभाडलाई मौका बनाएर भाग्न सफल भएका उनीहरूलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया