इटहरीको न्यु भिजनमा ७ दिने निःशुल्क प्रावि तयारी कक्षा भोलीदेखी सुरु

शुक्रबार, २१ बैशाख २०८१
इटहरी । इटहरीको न्यु भिजन एजुकेसन सोलुसनमा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ । शिक्षक सेवा आयोगले भारी सङ्ख्यामा विज्ञापन खुलाएको अवस्थामा विद्यार्थीहरूलाई अनलाइन र अफलाइन निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो । वैशाख २२ गते देखी २८ गते सम्म निःशुल्क सञ्चालन हुने तयारी कक्षामा जुम मार्फत सहभागिता जनाउन सकिने प्रबन्ध निर्देशक विक्रम पोख्रेलले जानकारी दिए । साथै शिक्षक सेवा आयोगको तयारी कक्षामा वैशाख २५ गतेसम्म भर्ना हुने पहिलो ३० जना विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था रहेको समेत उनले बताए । एक हप्ते निःशुल्क तयारी कक्षामा शिक्षा अधिकृत रेवन्त बहादुर बस्नेत , सुरेश धमला ,राज धमला , चेतनाथ निरौला ,विष्णु दहाल , मोहन गौतम र शोशन कार्कीले प्रशिक्षण दिने कार्यक्रम रहेको पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार