इलाम सहित १६ जिल्लामा सिडिओ फेरिए

शुक्रबार, १८ जेठ २०८१
  इलाम / गृह मन्त्रालयले एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन सहित १६ जना सिडिओहरूको जिम्मेवारी हेरफेर भएको हो । इलामबाट इन्द्रदेव यादवको सरुवा भएको छ । जिल्लामा अब कल्पना श्रेष्ठको सरुवा भएको छ । पाँचथरका मेखबहादुर मग्रान्ति सप्तरी सरुवा भएका छन् । विष्णुप्रसाद कोइराला पाँचथरका सिडिओ बनेर आउने भएका छन् ।   गृहमन्त्री रबी लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सिडिओ बनेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार