इलाम / इलामको चुलाचुली गाउँपालिका ३ मा रकेको ऐना पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।
पोखरीमा डुबेर १८ वर्षीय विनीता जोगी को मृत्यु भएको हो ।
चुलाचुली गाउँपालिका ४ आइतबारे निवासी मान बहादुर जोगी र निर्मला जोगीकी छोरी विनीता पौडी खेल्न साथीहरिसँग गएकी थिइन् । प्रहरीका अनुसार उनीसँगै अन्य दुई जना सँगै गएका थिए ।
पौडी खेलेर फिर्न लाग्दै गर्दा सेल्फी खिच्ने क्रममा उनी पानीमा डुबेको बताइएको छ ।
चिप्लिएर पोखरीमा खसेकी उनलाई साथीहरूले निकाल्न खोजे तर सकेनन् ।
मृतक १८ वर्षीय विनीता जोगी चुलाचुली ४ स्थित श्री बालज्योती माध्यमिक विद्यालयमा अध्ययनरत थिइन ।
प्रतिक्रिया