विराटनगरमा सेफ्टीट्यांकीको हजभित्र डुबेर नाबालकको मृत्यु

मंगलबार, ०४ असार २०८१
विराटनगर । विराटनगरमा सेफ्टीट्यांकीको हजभित्र डुबेर मङ्गलवार दिउँसो एक नाबालकको मृत्यु भएको छ । छिमेकीको निर्माणाधीन शौचालयको सेफ्टीट्यांकीको हजभित्र डुबेर विराटनगर महानगरपालिका-५ का अनिल पासवानका अढाई वर्षीय छोरा नितेश पासवानको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । खेल्ने क्रममा लडेर छिमेकी अमन खानले बनाउँदै गरेको शौचालयको सेफ्टीट्यांकीको हजमा नाबालक दिउँसो ४.२० बजेतिर खसेका थिए । डिएसपी बस्नेतका अनुसार हजभित्र डुबिरहेको अवस्थामा आमाले देखी तत्काल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगेकी थिइन् । अस्पताल पुराउनसाथ चिकित्सकले ४स्५० बजेतिर मृत घोषित गरिदिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार