सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा पनि एक महिलाको शव फेला परेको छ।
यसअघि दाङको तुलसीपुरमा महिलाको शव फेला परेको थियो। खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
शनिबार बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।
उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन्। प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्।
घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया