सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–३ फलाँटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको जिप्रका सल्यानका प्रहरी निरीक्षक रमेशबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुवाहक जिप सडकमै पल्टिएको थियो ।
गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको छ ।
प्रतिक्रिया