काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ ।
आज आंशिकदेखि सामान्य बदली भइ कोशी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
भोलि (शुक्रबार) पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुनेछ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
शनिबार पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने छ ।
राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
Discussion about this post