देशभर १२ सयभन्दा बढी बेवारिसे शव, पहिचानमा चुनौती

काठमाडौं : नग्न शरीर, शरीरमा गहिरो चोट, र अनुहार पहिचान गर्न कठिन अवस्था—यस्ता शवको भेट लगातार भइरहेका छन्। कोशी प्रदेश, सुनसरी, बराह नगरपालिका–१, मन्दिर परिसरमा गत कातिक १६ गते एक पुरुष मृत अवस्थामा भेटिएका थिए।