भोजपुर : आर्थिक अवस्था कम्जोर भएका विरामीलाई भोजपुर क्याम्पसका विद्यार्थीले सहयोग गरेका छन्। सोही क्याम्पसमा अध्ययनरत सङ्गम विश्वकर्माका बुबा गम्भीर बिरामी परेपछि विद्यार्थीले सहयोगका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामाङका अनुसार विद्यार्थीबाट सङ्कलित १६ हजार ५२० रुपैया बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ । सङ्गमका बुबाको उपचारका लागि आर्थिक अभाव भएपछि स्ववियुले सबैमा सहयोगको आह्वानसमेत गरेको सभापति तामाङले जानकारी दिए ।
सङ्गम विश्वकर्माका बुबा फोक्सोको सङ्क्रमणका कारण हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत रहेका छन्।
प्रतिक्रिया