केपी ओली, गगन थापाको नाममा पैसा उठाउने अमेरिकी पक्राउ

सोमबार, १९ माघ २०८२

काठमाडौं । अध्यागमन विभागले एक अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । ती व्यक्तिले वेबसाइटमा देशका ठूला दलका प्रमुखसहित प्रभावशाली नेताहरूको नाम र फोटो राखेर पैसा उठाइरहेको पाइएको विभागले जनाएको छ ।

ती अमेरिकीले नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा, महेश बस्नेत, विनोद चौधरी लगायत १३ जनाको नाम र फोटो दुरुपयोग गरेर पैसा उठाएको आरोप छ । उनले अन्तराष्ट्रिय स्तरमा ‘फण्ड’ उठाउने भन्दै वेबसाइटमा ती नेताको नाम र फोटो प्रयोग गरेर पैसा मागेका थिए ।

उनले ‘आवर डायनामिक टिम’, लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर धेरै प्रभावशाली व्यक्तिको नाम र फोटो दुरुपयोग गरेका थिए । उनले एक कलेजको नाममा वेबसाइट बनाएका थिए । वेबसाइटमा त्यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज लगायत पढाउने दाबी गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार