काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग गठबन्धनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको खुलासा भएको छ । स्रोतका अनुसार ओलीले प्रस्ताव गरेको भए पनि दुवै नेताले प्रस्ताव अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार ओलीले दुवै नेतालाई फोन गरेर चुनाबी तालमेल गर्ने प्रस्ताव गरेका थिए । तर, ओलीको जेनजी आन्दोलनप्रतिको दृष्टिकोण, उनले आन्दोलनका विषयमा पछिल्लो समय दिएका अभिव्यक्ति र ओलीका पछिल्ला विवादास्पद भनाइका कारण नेकपाका दुवै नेता सहकार्यबाट हच्किएका थिए ।
‘ओलीको पछिल्लो छवि र अभिव्यक्तिका कारण एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदाभन्दा बढी नोक्सानी हुन सक्ने निष्कर्षमा नेताहरु पुग्नुभयो’ स्रोतले भन्यो । केही दिनअघि मात्रै फागुन २१ मा चुनाब हुने सम्भावना नभएको दाबी गरेका ओलीले चुनाब सार्न दबाब सिर्जना गर्न पनि अन्य दलका नेताहरुलाई फकाइरहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया