निर्यात अनुदान रोकिएकामा महासंघले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

मंगलबार, १६ मंसिर २०८२

काठमाडौँ : निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो ।

महासङ्घले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवद्र्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए ।

जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार