कांग्रेसको विजयी सुरुवात, मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्विरोध निर्वाचित !

शनिबार, १० माघ २०८२

काठमाडौं । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन २१लाई तय भएको प्रतिनिधि सभा निर्वाचनमा गुरुङ निर्विरोध भएका हुन् ।  

यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन ।  

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुरुङलाई बधाई दिँदै सामाजिक सञ्जालबाट कांग्रेसको विजयी सुरुवात भएको उल्लेख गरेका छन् ।  

भण्डारीले लेखेका छन्:

गजब नै हो !!!

हार्दिक बधाई तथा शुभकामना !!!

नेपाली कांग्रेसका नेता टेक बहादुर गुरुङ ज्यु

मनाङबाट निर्बिरोध विजयी हुनु

लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता

र जनविश्वासको स्पष्ट प्रमाण हो।

यो जित केवल व्यक्तिको मात्र होइन—

पार्टीको अनुशासन, सहमति र परिपक्व राजनीतिक संस्कारको सामूहिक जित हो।

मनाङवासी जनताप्रति हार्दिक धन्यवाद,

साथै नेपाली कांग्रेसलाई

अझ जिम्मेवार, उत्तरदायी र जनमुखी बन्ने सन्देश पनि।

यस सफलताले—

- पार्टीको एकता अझ बलियो बनाओस् !

- असल काम गर्ने दबाब बढाओस् !

-  देशलाई स्थायित्व, सुशासन र पारदर्शितातर्फ लैजाओस् !

फेरि एकपटक—

हार्दिक बधाई ! 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार