काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति गगन थापा शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।
पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको मुख्यसचिवमा नियुक्त गरेका थिए । लामो समय पार्टीको केन्द्रीय प्रशासन सम्हाल्दै आएका पौडेलले विषेश महाधिवेशनले आधिकारिकता पाए पनि देउवा पक्षमै रहेर काम गरिरहेका थिए ।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । पार्टी सचिव प्रकाश शर्माद्वारा जारी सूचनाअनुसार केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ । कांग्रेसमा विषेश महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलोपटक पार्टी कार्यलयमा बैठक बस्न लागेको हो ।
विवाद आएपछि कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण सहितका काम कार्यलय वाहिरैबाट गरेको थियो ।
प्रतिक्रिया