काठमाडौँ : नेपालले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनल स्थान पक्का गरेको छ। श्रीलंकामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट मात्र गुमाएर सहजै पूरा गर्यो।
उत्कृष्ट ब्याटिङ प्रदर्शनका साथ लक्ष्य पछ्याएको नेपालले खेलको सुरुदेखि नै नियन्त्रण कायम राख्यो। शीर्ष क्रम मजबुत रहेकाले १७१ रनको चुनौती एकतर्फी बन्न पुग्यो।
यस जितसँगै नेपाल ऐतिहासिक फाइनलमा प्रवेश गरेको छ, जहाँ उसले शक्तिशाली भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलको टिकट कटाएको थियो।
प्रतिक्रिया