सुनसरी क्षेत्र नम्बर २ रास्वपा उम्मेदवार विरुद्ध उजुरी

बुधबार, ०७ माघ २०८२

इनरुवा : सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार लालविक्रम थापा विरुद्ध लेखा परिक्षण बेरुजु रहेको भन्दै उजुरी परेकाले बिहीबार उपस्थित हुन निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरेको छ । 

इनरुवा २ का सत्य नारायण पंडितले थापा विरुद्ध लेखा परिक्षण बेरुजुको उजुरी दिएको भन्दै सुनसरी क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले थापालाई उपस्थित हुन सुचना जारी गरेको हो । 

निर्वाचान अधिकृतले जारी गरेको सुचनामा उम्मेदवार थापा विरुद्ध लेखा परिक्षण बेरुजु सम्वन्धी उजुरी परेकाले अनिर्वाय रुपमा सबुत प्रमाण सहित २०८२ माघ ८ गते दिउँसो उपस्थित हुन सुचना जारी गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार