इटहरी । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा (हिजो) सोमबार साँझ करिब ७:३० बजे भएको मोटरसाईकल दुर्घटनामा दुई जना जेसिजकर्मीको मृत्यु भएको छ।
दुर्घटनामा दुहबी जेसिज २०१८ का शाखा अध्यक्ष कञ्चन झा र २०२४ का अध्यक्ष प्रकाश झा को ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू कोशी क्षेत्रमा पिकनिक सकेर फर्किने क्रममा घर नफर्की विराटनगर जेसिजको पद हस्तान्तरण कार्यक्रममा सहभागी हुन विराटनगरतर्फ जाँदै थिए।
सडक किनाराको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कञ्चन कुमारी झा मनमोहन पोलिटेक्निकल विराटनगरमा पढाउँदै आएकी थिइन् । नेपाल जेसिज २०२० को राष्ट्रिय उपाध्यक्ष रहेकी थिइन् । यस्तै प्रकाश झा सिद्धार्थ इन्सुरेन्स दुहबी शाखाको शाखा प्रबन्धकाको रूपमा कार्यरत रहेका थिए ।
प्रतिक्रिया