पत्रकार भीमा शिवाकोटीलाई मातृशोक

विहीबार, ०४ मंसिर २०८२

झापा । नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटीलाई मातृशोक परेको छ।

शिवाकोटीकी आमा पम्फादेवी शिवाकोटीको ८२ वर्षको उमेरमा कनकाई–५ लालपानीमा निधन भएको परिवारले जनाएको छ। उनी लामो समयदेखि दम रोगबाट पीडित थिइन्।

पम्फादेवीका चार छोरा—ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी—र दुई छोरी गोमा सिग्देल तथा भीमा शिवाकोटी रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार