इलाम : नेपाली काँग्रेसले इलामका उम्मेदवारको टुङ्गो लगाएको छ।
संसदीय बोर्डको निर्णयअनुसार, इलाम सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा युवा निष्कल राई र क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाइएको छ।
निष्कल राई युवा वर्गमा लोकप्रिय छन् र नेपाली काँग्रेस इलाम क्षेत्रीय सभापतिसमेत हुन्।
उनी बौद्धिक युवाका रूपमा चिनिन्छन्। क्षेत्र नम्बर २ का उम्मेदवार भेषराज आचार्य पनि बौद्धिक नेता मानिन्छन्।
उनी नेपाली काँग्रेस इलामको सभापति पदका लागि डम्बर खड्कासँग प्रतिस्पर्धा गरेका थिए।
यससँगै, नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ४९ क्षेत्रका लागि उम्मेदवार टुङ्ग्याइसकेको छ।
प्रतिक्रिया