कांग्रेसमा आरजु राणा देउवाले पाइनन् टिकट

सोमबार, ०५ माघ २०८२

काठमाडौं : नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

शाह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् भने उनी कांग्रेस कैलालीका पूर्वसभापतिसमेत रहिसकेका छन् ।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका शाहलाई यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिइएको हो ।

कैलाली–५ बाट उम्मेदवारीका लागि शाहसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओडको नाम सिफारिस भएको थियो । तर पूर्वमन्त्रीसमेत रहेकी राणाले यसपटक टिकट पाउन सकिनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार