काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
सोमबार जनकपुरमा आयोजित पार्टीको चुनावी सभा दौरान सभापति रवि लामिछानेको हातबाट उनले औपचारिक रूपमा टिकट ग्रहण गरेका हुन् ।
जनकपुरमा सम्पन्न रास्वपाको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै साहले वैकल्पिक राजनीति र सुशासनप्रति पार्टीको प्रतिबद्धता दोहोर्याए ।
उनले देशको राजनीतिक संरचनामा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि आइतबार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए ।
राजीनामापछि उनी सङ्घीय चुनावको तयारीमा सक्रिय रूपमा जुटेका छन् ।
प्रतिक्रिया