अपराजित पहिचान बोकेका महेश बस्नेत यस पटक चुनाव अघि नै भए पराजित

आइतबार, ०४ माघ २०८२

इलाम : इलामको राजनितिमा अपराजित पहिचान बनाउदै आएका महेश बस्नेत दुई पटक सम्म नगरप्रमुखमा विजयी भएका थिए । आफनै राजनीति गुरु झलनाथ खनाललाई हराएर प्रतिनिधिसभा सदस्य समेत बस्नेत बनेका थिए । 
इलाम नगरपालिकाको प्रमुखमा  २०५४ र २०७४ मा निर्वाचित भएका बस्नेत राजनीतिमा अपराजित बन्दै आएका थिए तर यस पटक भने सर्वाधिक चर्चामा रहेका भएपनि यस पटक भने उम्मेदवार बन्न मै पराजित भएका छन। 

 

बस्नेतले २०७९ मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य पदमा इलाम क्षेत्र नम्बर १ बाट  २५ हजार ६९९ मत पाउँदै विजयी भएका थिए भने बस्नेत कै राजनीति गुरु झलनाथ खनालले २३ हजार ४५ मत पाए । बस्नेतको जितसँगै २०४८ बाट निर्वाचनमा होमिएका खनालको सो दोस्रो पराजय हुन पुग्यो । २०५६ मा नेपाली काँग्रेसका बेअनुपराज प्रसाईँले खनाललाई हराएका थिए । 

 

आफ्नै राजनीति गुरुलाई यस अघि हराएका नेता बस्नेतले आगामी फागुनमा हुन लागेको निर्वाचनमा पार्टी भित्रैबाट टिकट पाएनन् । सिफारिसमा पहिलो नम्बरमा नाम सिफारिसमा भए पनि उनले यस पटक टिकट पाएनन् ।  

 

बस्नेत नेकपा एमालेको ११ औँ महाधिवेशन अघि ईश्वर पोख्रेल र विद्या भण्डारीसँग नजिक भएको चर्चा थियो । ११ औँ महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्यमा (मनोनित) अटाउने आश्वासन पछि ओलीलाई सघाएका उनले टिकट पाउने प्राय पक्का ठानिएको थियो ।  अन्ततः सधैँ जनताबाट चुनिने बस्नेत यस पटक भने पार्टीभित्रबाट नै चुनाव अघि नै पराजित बन्न पुगेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार