एमाले टिकट वितरण : ताप्लेजुङमा क्षितिज थेबेले पाउँदा मोरङ–६ मा विनोद ढकाल उम्मेदवार

कोशीका बाँकी क्षेत्रमा अरु को ?

आइतबार, ०४ माघ २०८२

काठमाडौं : नेकपा एमालेले ताप्लेजुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। थेबे हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष हुन्।

यसअघि यही क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका एमालेका उपमहासचिव योगेश भट्टराईलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरिएको हो। टिकट वितरणप्रति असहमति जनाउँदै भट्टराईले पार्टी केन्द्रीय कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन्।

टिकट वितरणलाई लिएर एमालेभित्र असन्तुष्टि देखिएको छ भने भट्टराईको असहमति औपचारिक रूपमा अभिलेखमा पुगेको पार्टी स्रोतले जनाएको छ।

यसैगरी, एमालेले मोरङ–६ बाट विनोद ढकाललाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। ढकाललाई उम्मेदवार बनाउन मोरङका तीन निर्वाचन क्षेत्र १, ४ र ६ बाट सिफारिस आएको थियो।

यो क्षेत्र नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले एसअघि निर्वाचन जितेका हुन् । 

एमालेले विभिन्न जिल्लामा उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहँदा केही स्थानमा असन्तुष्टि र मतभेद सतहमा देखिन थालेका छन्।

यसैगरी मोरङ–५ मा मनिष अग्रवालले टिकट पाएका छन् । मोरङ–३ बाट इरान राईले टिकट पाएका छन् ।

सुनसरी–१ बाट टीकाराम बाङदेन, सुनसरी–२ मा रेवती भण्डारी, सुनसरी–३ मा भगवती चौधरी र सुनसरी–४ मा जगदीश कुशियतले टिकट पाएका छन् । 

शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको यि क्षेत्रमा बाँकी थियो । 

यस्तै झापा–४ का उम्मेदवार पनि फेरिएको छ । सचिवालय बैठकले मनोज ताम्लीलाई टिकट दिएकोमा निर्णय उल्ट्याउँदै एलपी सावाँलाई उम्मेदवार बनाउने भएको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार