सुमना श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा

सोमबार, ०५ माघ २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले आफू यसपटकको चुनावी दौडबाट बाहिर रहने जानकारी दिएकी हुन्।

श्रेष्ठले स्पष्ट पारिन् कि उनी यसपटक जनताको पक्षमा उभिएर प्रश्न सोध्ने र जनताको सेवा गर्ने भूमिकामा रहने योजना बनाइरहेकी छन्।

‘म चाहन्थेँ भने कुनै अमुक दलको जिम्मेवार पद वा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्थेँ,’ उनले भनिन्, ‘तर, त्यो गर्नु भनेको मैले मेरो आदर्श गुमाउनु हो जस्तो लाग्यो। त्यो मबाट हुँदैन।’

आफूलाई चुनाव लड्न आग्रह गर्ने शुभचिन्तकहरूप्रति उनले आभार व्यक्त गर्दै क्षमा पनि मागेकी छन्। उनले थपिन्, ‘यस पटकको निर्वाचनमा म ‘नेताजी’ भएर होइन, जनता भएर रहन चाहन्छु र जनतासँगै बसेर देशको सेवा गर्न चाहन्छु।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार