शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट ‘होल्ड’

सोमबार, ०५ माघ २०८२

काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्रका टिकटहरू होल्डमा राखेका छन्।

सभापति थापाका निकट स्रोतका अनुसार देउवा निर्वाचन लड्दै आएका डडेलधुरा र खड्का सुर्खेत क्षेत्र नम्बर २ मा टिकटको टुङ्गो अन्तिम निर्णयका लागि होल्डमा राखिएको हो।

दुवै नेतासँगको परामर्शपछि मङ्गलवार बिहानसम्म टिकट टुङ्गो लगाउने तयारी गरिएको छ।

त्यसबाहेक, बागमती र मधेस प्रदेशका अधिकांश जिल्लामा काँग्रेसले उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ। थापाको सचिवालयले निर्वाचन तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार